बेलायत पुग्ने पहिलो नेपाली, भक्तपुरका मोतिलाल सिंह
वि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जंगबहादुरको टोली निकै ठूलो थियो । १ हजार २०० सैनिकहरुको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाई लगेका थिए, जंगबहादुरले बेलायत यात्रामा ।
यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यही घुम्नको लागी रोकियो । जगन्नाथ पुरीमा जंगबहादुरले ५००० रूपैंया मन्दिर