जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ । निरंकुशताका प्रतीक जङ्गबहादुरले सैन्य संगठन र युद्धकौशलमा आफ्नो खुबी देखाए, भोट विजय भयो। नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए। देशका लागि यस्ता कतिपय महत्वपूर्ण र राम्रा काम पनि जङ्गबहादुरले गरे ।