सबै

  1. २१ औँ शताब्दीमा ओबामाको जुन 'क्रेज' थियो १८ औं शताब्दीमा त्यस्तै 'क्रेज' जंगबहादुरको थियो
  2. बेलायत पुग्ने पहिलो नेपाली, भक्तपुरका मोतिलाल सिंह
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. वि.सं २०७८ मा तीन दशैँ, असोज २९ गते शुक्रबार विजयादशमी
  5. श्रीस्वस्थानी व्रतः १०८ नैवेद्य चढाउनुपर्ने व्रत
  6. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  7. माघ १ गते, राष्ट्रिय योग दिवस
  8. जनतालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री रोए र रेडियो नै बन्द हुनपुग्यो
  9. मार्च २२, विश्व पानी दिवस
  10. तीन गजजति गुलाफी रंगको कपडाको व्यवस्था गरेर ज्ञानेन्द्रको शिरमा बेरेपछि बल्ल श्रीपेच अडियो
'जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् बा'- गंगालाल श्रेष्ठ

पढ्न लाग्ने समय : 2 मिनेट

वि.सं. १९७५ सालमा रामेछापको भँगेरीमा जन्मनुभएका गंगालाल श्रेष्ठले १९९४ मा दरबार हाईस्कूलबाट पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरि त्रिचन्द्र क्याम्पस आईएस्सी अध्ययन गर्नुभएको थियो ।

कलाकारितामा निकै रुचि राख्ने गंगालाल राण विरोधी संस्था महावीरका कार्यकर्ता समेत हुनुहुन्थ्यो । महावीर संस्थाले राणा शासन विरुद्ध जनचेतना जगाउन राणाविरोधी प्रवचन र क्रियाकलापहरू गर्थ्यो ।
१९९५ सालमा काठमाडौंको असन र ईन्द्रचोकमा राणा विरोधी सभाहरुको आयोजना भएको थियो । त्यही सभामा भाषणा गरेबापत उहाँलाई समेत प्रकाउ गरिएको थियो तर पछि उहाँ छुट्नुभयो । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिई उहाँ राणा शासन विरोधी गतिविधिमा पनि सक्रिय सहभागी हुनुभयो ।
राणा विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उहाँलाई १९९७ साल कात्तिक २ गते पक्राउ गरियो । त्यही वर्ष माघ १५ गते दशरथ चन्दसँगै केन्द्रीय कारागारबाट उहाँलाई लगेर बिष्णुमतीको बगरमा रहेको शोभाभगवतीमा गोली हानी हत्या गरियो । 

गंगालालई फाँसी दिइएको अघिल्लो दिन

राणा शासनको अन्त्य र नागरिक सर्वोच्चता प्राप्तिका लागि जीवन आहुति दिने महान् सहिदहरुमध्ये युवा गङ्गालाल श्रेष्ठको बलिदानी आममानिसका लागि अझ प्रेरणादायी छ । १९९७ साल माघ १४ गतेका दिन सेन्ट्रल जेलको गेटबाहिर गङ्गालालका बाबु भक्तलाल श्रेष्ठलगायत उनका भाइ–बहिनीहरुलाई बोलाइएको थियो ।

मुत्युदण्ड दिनुअघि ३ः३० बजे परिवारका सदस्यको छेवैमा आएर गङ्गालालले मुस्कुराउँदै सबैतिर हेरेर सम्झाउँदै भन्नुभएको थियो– ‘जन्मिएपछि मृत्यु निश्चित छ । मैले अत्याचारीसँग माफी मागेँ भने भोलि तपाईंंहरुले पनि धिक्कार्नुहुनेछ ।’ उहाँले आफ्नो पिता भक्तलाललाई ढोग्दै भन्नुभएको थियो– ‘बा, तपाईंं गीताका ज्ञाताले मेरो नाशवान् शरीरको नाश हुँदै गर्दा शोक गर्न सुहाउँदैन । जन्मभूमिको उत्थानका लागि हाँसीहाँसी सहिद हुन आशीर्वाद दिनुहोस् ।’ त्यसपछि माइला भाइ पुष्पलाल श्रेष्ठलाई सम्बोधन गर्दै भन्नुभयो– ‘माइला, यस जन्मभूमिमा प्रजातन्त्रका लागि हामीले बालेर गएको दियोलाई तिमीले कहिल्यै निभ्न नदिनू, यसलाई नेपालका कुनाकुनामा पुर्याउनू ।’

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
प्रकाश विकल्पको पुस्तक 'देश किन बनेन' 
विभिन्न सामाजीक सञ्जालहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  8. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो