पढ्न लाग्ने समय : 1 मिनेट
सन् १९९१ मा नोबेल शान्ति पुरस्कारद्वारा सम्मानित बर्माकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी वि.सं. २०१९ ताका पहिलो पटक नेपाल आउनुभएको थियो । उहाँकी आमा तत्कालीन समयमा नेपाल समेत हेर्ने भारतका लागि बर्माकी राजदुत हुनुहुन्थ्यो ।
दोश्रोपटक उहाँ वि.संं २०३० मा आफ्ना पति एरिस तथा छोरा एलेक्जेन्डरका साथमा नेपाल आउनुभयो र करिब ३ वर्ष कीर्तिपुरमा बस्नुभयो । उक्त बखत कीर्तिपुरको धर्मकीर्त बिहारमा बाैद्ध शिक्षा हासिल गर्नुभयो भने त्यहाँका विद्यार्थीहरूलाई अंग्रेजी पढाउनुभयो । उहाँले नेपाल बस्दाको अनुभव आफ्नो पुस्तक “Nepal, Lets’ Visit series“ लेख्नुभएको थियो जुन अहिले अस्तित्वमा छैन्, सन् १९८९ देखि सन् २०१० का बीच उहाँले झण्डै १५ वर्ष घरमै नजरबन्दमा रहँदा सैनिक शासकहरूले उक्त पुस्तक सबै मासिदिए । पछिल्लो पटक उहाँ सन् २०१४ को जुन महिनामा ४ दिने नेपाल भ्रमणका लागि आउनुभएको थियो ।
सन्दर्भ सामाग्री
विभिन्न अनलाइनहरू
एरिस फोटो संग्रह