सबै

  1. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  2. प्रधानमन्त्री मरिचमान सिंह जो राजनीतिबाट अलग बसे तर देश बेचेनन्  
  3. तेन्जिङ नोर्गे शेर्पा नेपाली नागरिक कि विदेशी !
  4. २१ औँ शताब्दीमा ओबामाको जुन 'क्रेज' थियो १८ औं शताब्दीमा त्यस्तै 'क्रेज' जंगबहादुरको थियो
  5. मातातीर्थ औंसी, आमाप्रति श्रद्धा व्यक्त गर्ने दिन
  6. ट्रलिबसः जोगाउन नसकिएको एउटा इतिहास
  7. बिस्काः जात्राका १० दुर्लभ तस्वीरहरू
  8. माघ १०, शुक्रराज शास्त्रीलाई फाँसी दिइएको दिन
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. श्रीस्वस्थानी व्रत, घर-घरमा श्रीस्वस्थानीको कथा वाचन र श्रवण गर्ने परम्परा
"जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ, खाली खुट्टा दाैडँदा साताैं भएँ"

पढ्न लाग्ने समय : 3 मिनेट

खेलकुद नतिजा मात्र होइन । कुनै यस्तो क्षणको दृश्यले कहिलेकाँही जीवनभर बिर्सन नसक्ने बनाइदिन्छ। यो क्षण कुनै खेलाडीका लागि मात्र नभई पूरै खेलकुदमै अमर रहन्छ। 

सन् १९५८ (वि.संं २०१५ जेठ) को टोकियो एसियाली खेलकुदमा म्याराथनमा प्रतिस्पर्धा गर्नुभएका नेपालका धावक भुपेन्द्र सिलवालको तस्वीर आज पनि निकै अर्थपूर्ण मानिन्छ ।

एसियाका विभिन्न २० देशका १ हजार ८ सय २० खेलाडी सम्मिलित यस खेल उत्सवमा नेपालबाट ७ जना खेलाडीले सहभागिता जनाएका थिए । एथलेटिक्स अन्तर्गत म्याराथन दाैडमा नेपालका भुपेन्द्र सिलवाल र नरबहादुर गुरुङले प्रतिस्पर्धा गर्नुभएको थियो ।

टिठलाग्दो कुरा यो थियो कि करिब ६० जना धावकहरूले भाग लिएको उक्त प्रतिस्पर्धामा सम्मिलित नेपाली धावकद्वयको खुट्टामा जुत्ता थिएन्, अर्थात दुवै नेपाली धावकहरू खाली खुट्टा ४२ किलोमिटर लामो दाैडमा सम्मिलित हुनुभयो ।

खाली खुट्टाले दौड्दा रापले पोलिएको सिलवालको पैतालामा एक जापानी महिलाले पानि खन्याइदिएर मलम लगाइदिइन्। त्यही तस्वीर नेपाली खेलकुदकै चर्चित तस्वीर बन्यो। उक्त स्पर्धामा सिलवाल नांगो खुट्टा दौडिएर सातौं हुनुभयो ।

त्यस क्षणको स्मरण गर्दै दिवंगत सिलवालले नेपाली खेल पत्रकारहरूलाई भन्नुभएको थियो "तातो घामको रापले खाली खुट्टामा पूरै अलकत्रा टाँसिए पनि सातौं भएँ, डाक्टरलाई मेरो खुट्टाको अलकत्रा निकाल्न कति गाह्रो परेको थियो। उनीहरूले सुइराले घोपेर मेरो खुट्टाको अलकत्रा निकालिदिए। जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ। मेरो भाग्य नै अहिले अर्कै हुन्थ्यो। खाली खुट्टा दौडिएपछि जुत्ता किनिदेलान् भनेको त झन सेनाको मान्छे खालीखुट्टा दौडिन पर्छ भनेर पो भन्छन्।'

घुम्दै फिर्दै ६ वर्षपछि उहाँ टोकियो नै पुग्नुभयो यसपटक ओलम्पिक म्याराथन दाैड्न । सन् १९६४ को ओलम्पिक नेपाली खेलाडीका लागि विशेष थियो। नेपाली खेलाडी पहिलोपटक ओलम्पिक खेल उत्सवमा सहभागी हुँदै थिए। सिलवालसहित ६ जनाको नेपाली खेल ओलम्पिकमा खेल्ने पहिलो नेपालीका रूपमा इतिहास बनायो। त्यो भाग्यमानी नेपाली दलमा थिए म्याराथनमा दुई धावक गंगाबहादुर थापा मगर र भुपेन्द्र सिलवाल तथा बक्सिङमा नमिसंह थापा, ओमप्रकाश पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा ।

नेपाली खेलकुदका पहिलो पुस्ताका धरोहर सिलवालको २०६९ असोज महिनामा निधन भयो । सिलवालको निधनसँगै नेपाली खेलकुदको सम्भवत् सबैभन्दा पाको पुस्ताको अन्त्य भयो ।

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
नेपाल ओलम्पिक संग्राहलय

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल