जंङ्गबहादुर राणाको प्रिय हात्ती जङ्गप्रसाद

पढ्न लाग्ने समय : 3 मिनेट

सुनिल उलक ✍

नेपालमा जहानियाँ राणा शासन अन्त्य भएको सात दशक पार गरिसकेको छ । यद्यपी राणाकालको चर्चा अहिलेपनि कायमै छ । राणाका दरबार, जीवन शैली, शिकार लगायतका विभिन्न किस्साहरूका कारण । जङ्गबहादुरबाट शुरु भएको राणाका भित्री र बाहिरी कथा र अकथाहरुले अझै पनि ठेलीका ठेली किताबहरु तैयार गर्न सकिन्छ ।

नेपालमा राणा शासनको श्रीगणेश गर्ने जङ्गबहादुर राणाका पनि विभिन्न कथा छन् । कहिले उनको वीरताको कथा गुनगुनाइन्छ भने कहिले उनको विलासिताको कथा पढिन्छ । राणाकालमा उनको हात्तीको पनि निकै चर्चा हुन्थ्यो ।

जंङ्गबहादुरको प्रिय हात्तीको नाम "जङ्गप्रसाद" थियो । जङ्गबहादुरको समयको सबैभन्दा ठूलो हात्ती नै जङ्गबहादुरको प्रिय हात्ती भएको हुँदा नामै जङ्गप्रसाद राखिएको थियो । सन १८७६ को शुरुवातमा प्रिन्स अफ वेल्स (जो पछि राजा एडवर्ड सातौं ) को शिकार भ्रमणमा जङ्गप्रसादको निकै उपयोग गरिएको थियो । हुन त त्यस समयको शिकारमा अर्को हात्ती बिजुलीप्रसाद पनि थियो । प्रिन्स अफ वेल्सले फर्कँदा चारवटा एशियाली हात्ती पनि साथ लगेका थिए । जसमा एक जङ्गप्रसाद पनि थियो ।

जङ्गप्रसाद करिब १० फिट उचाइको थियो भने एउटा दाह्रा थिएन । जङ्गप्रसादको साथ जङ्गबहादुरको विभिन्न किस्साहरु पनि जोडिएको छ । तर बेलायती राजकुमारको शिकार भ्रमण पछि यो हात्ती सन १८७६ मे १७ (वि.सं. १९३३ जेठ ६) मा बेलायत पुगेको देखिन्छ । शायद जङ्गबहादुरले यो हात्तीलाई बेलायती राजकुमारलाई नै उपहारमा दिएको हुनुपर्छ । सोही वर्ष युवराजले आफ्नी पत्नी अलेक्जान्ड्रालाई जङ्गप्रसाद क्रिसमस उपहारका रूपमा दिएका थिए ।

बेलायत पुगेपछि जङ्गप्रसाद त्यहाँको लण्डन चिडियाखानाको आकर्षणको रुपमा रह्यो । लण्डन चिडियाखानामा रहेको यस भाले जङ्गप्रसादको जोडीको रुपमा अर्को हथिनी सुफा कुली (Suffa Kulli) संग राखियो । तर हथिनी गर्भवती हुन सकिनन् । जङ्गप्रसादको नयाँ सन्तानको सपना लण्डन चिडियाखानाले पुरा गर्न सकेन ।

करिब २० वर्ष लण्डन चिडियाखानामा रहेको जङ्गप्रसादको पेरिटोनाइटिसको कारणले सन १८९६ मार्च ८ (१९५२ फागुन २६ )मा मृत्यु भयो । मृत्युपछि जङ्गप्रसादको भित्री अङ्ग निकालेर बाहिरी छालालाई सुरक्षित राख्दै त्यतिबेलाका प्रख्यात taxidermist एडवार्ड गेरार्डले जङ्गप्रसादको प्रतिमुर्ति (taxidermy) बनाएर नेचुरल हिस्ट्री म्यूजियमको सेन्ट्रल हलमा राखेका थिए ।

सन्दर्भ सामाग्री

रोयल कलेक्सन ट्रष्ट
विभिन्न अनलाइनहरू

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर