तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर

पढ्न लाग्ने समय : 5 मिनेट

जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरले नेपालका प्रधानमन्त्रीलाई हल्का हरियो रङको १९३६ मोडलको डेमरल बेन्ज कार उपहार पठाएका थिए । उक्त कार नं. ४४ को थियो जुन जुद्धशमशेरको प्रिय गाडी भयो कार मनपर्नुको प्रमुख कारण जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलरबाट उपहारमा पाएको हुँदा पनि खास विशेष हुने नै भयो।

चन्द्रशमशेरका छोरा सिंहशमशेर बेलायतका लागी राजदुत रहँदा जुद्धशमशेरले हिटलरलाई भेट्न पठाएका थिए । एक प्रकारले जुद्धशमशेर हिटलरका शुभचिन्तक बनिसकेका थिए । दौत्यसम्बन्धको तयारी हुँदै थियो । हिटलरले यहि भेटपछि खुशी भएर जुद्धशमशेरलाई आफ्नो कार उपहारमा पठाएका थिए । हुन त त्यतिबेला हिटलरले जुद्धशमशेरलाई अन्य वस्तु पनि उपहारमा पठाएको भनिन्छ । जसमध्ये एउटा Astronomical Telescope पठाईएको जानकारी पाउन सकिन्छ । शक्तिशाली Veb Carl Zeiss Jena Telescope भने हाल दार्जिलिङको हिमालयन माउन्टेनरिङ इन्स्टिच्युटको संग्रहालयमा प्रदर्शन गरि राखिएको छ । जुद्धका छोरा बहादुरशमशेरले यस इन्स्टिच्युटलाई उपहारमा दिएका थिए ।


जुद्धशमशेरले उपहार पाएको दुरबिन । 

वि.सं. १९९४ मा जर्मनका कन्सुलेट जनरल Count Von Podewils Durnitz नेपालमा तीन दिने भ्रमणमा आँउदा उनको भव्य स्वागत गरिएको थियो । सिंहदरबारमा रहेको ग्यालरी बैठकलाई भव्य सजाइएको थियो । यहि हलमा जर्मन सरकारको रेडक्रसले जुद्धशमशेरलाई ९० सालको महाभुकम्प पछि देशको विषम परिस्थितिमा भुकम्प प्रभावितको राम्रो उद्दार एवं पुनःनिर्माणमा राम्रो काम गरेकोमा अर्डर अफ दि स्टार्ट अफ जर्मन रेडक्रसको सम्मान गरेको थियो । साथै पद्मशमशेरलाई पनि सम्मान गरेको थियो । नेपालको तर्फबाट कन्सुलेट जनरललाई प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु र उनका सहायकलाई प्रबल गोरखा दक्षिण बाहु प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस् जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो

तर यस्तैमा जुद्धशमशेर प्रधानमन्त्री रहँदै जर्मनमाथि बेलायतले युद्धको तैयारी गर्यो । बेलायत सरकारले जुद्धशमशेरलाई निकै फकायो । विदेशमन्त्री लर्ड हालिफेक्स र प्रधानमन्त्री च्याम्बरलिन पनि नेपाली सैनिकलाई आफ्नो तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी बनाउन प्रयत्नरत रह्यो । अन्ततः युद्ध शुरु भईसकेपछि नेपालका तर्फबाट जनरल बहादुरशमशेर र बेलायतका तर्फबाट भारत सरकारको जनरल ई.डी बर्घ बीच सम्झौता भयो । नेपाल दोस्रो विश्वयुद्धमा सहभागी भयो ।

जुद्धशमशेर बेलायतलाई पनि दुःखी बनाउन चाहन्नथे भने हिटलरलाई पनि दुःख पाएको देख्न चाहन्नथे । बढी बेलायतको नजिक रहेको हुँदा उनले बेलायतलाई युद्धमा सहयोग गरे । तर नेपाल भित्र जर्मनको हिमायती झैं देखाए । भारतबाट प्रसारण हुने रेडियोमा जर्मनको हारको एकोहोरो समाचार र बेलायतको मात्र प्रशंसा भइरहँदा नेपालमा रेडियो माथि प्रतिबन्ध लगाए । सबै रेडियो सुन्न र बजाउन नपाउने भन्दै मुलुकभरका रेडियो नियन्त्रण गरेर सिंहदरबारमा थुपारे । जुन रेडियो दोश्रो विश्वयुद्धको समाप्ती पछि मात्र फिर्ता भए ।



अब ४४ नं.को तस्विरमा देखाईएको कारको ईतिहासमा जाँउ । वि.सं. २००२ को मंसिर १४ मा भतिजा पद्मशमशेरलाई राजकाज सुम्पेर आफू सन्यासी हुने भन्दै राजधानी छाडे । तर काठमाडौंबाट पश्चिम हुँदै रिडी लागेनन् । भिमफेदी हुँदै अमलेखगञ्ज लागे । त्यहाँबाट वीरगञ्ज गए, दुई दिन मुरली दरबारमा बसे । उनको साथ परिवारको सदस्य र सैनिकहरु पनि थिए । कर्णेल गजराज जङ्ग, सुब्बा मणिराम, क्याप्टेन नरबहादुर, क्याप्टेन गुप्तबहादुर तथा केही जवानहरु पनि थिए । यहाँबाट जुद्धशमशेर रेलमा नौतनवा हुदै रिडी तर्फ लागे । तर परिवारको अन्य सदस्य देहरादूनतर्फ लागे । देहरादूनतर्फ लाग्दा यो बेन्ज कार पनि देहरादून पुग्यो । जुद्धशमशेरको छोरी जनक राज्यलक्ष्मी शाहका अनुसार यो कार देहरादून लगिएको थियो । यो कार शुरुमा छोरी जनक राज्यलक्ष्मी र पछि छोरा शशीशमशेरले देहरादूनको सडकमा गुडाएका थिए । पछि मुम्बईका कुनै संग्रहकले आफ्नो संकलनको लागी किनेर लगे । तर अहिले राजा त्रिभुवनको अन्य कारलाई हिटलरले उपहार दिएको कार भन्दै मिथ्या प्रचार गर्ने गरिएको छ ।

प्रस्तुतीः सुनिल उलक 

सन्दर्भ सामाग्री
ब्रिटिश लाइब्रेरी
बेञ्जइनसाइडरडटकम

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर