विगतमा बैशाख १ गते के-के भयो ?

पढ्न लाग्ने समय : 2 मिनेट

  • १९८२ बैशाख १ गते नेपालमा दास प्रथाको विधिवत अन्त्य भयो, तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले अघिल्लो साल नै सो प्रथा अन्त्यका लागि सार्वजनिक आह्वान गरेपनि दास दासीका मालिकलाई ३६ लाख ७० हजार रूपैँया क्षतिपुर्ति सरकारले भरि यो मितिमा पुर्णतः अन्त्य गरिएको हो ।
     
  • २०१७ बैशाख १ गते भारतीय रूपैँया १ सयको सटही दर नेपाली रूपैँया १६० कायम गरियो, जुन हालसम्म यथावत छ ।  त्यतिखेर पनि १०० भारु बराबर १६० नेरु कै दर कायम गरियो। पछि विभिन्न समयमा त्यो दर १०१, १३५, १४२, १७०, १६८ बनाइयो तर फेरि अहिले निकै लामो समयदेखि उक्त दर १६० मै कायम छ। २०१३ सालमा राष्ट्र ब्याङ्कको गठन हुँदाताका नेपालभरि भारु छ्याप्छ्याप्ती चल्थ्यो। विराटनगरमा एउटा दर, वीरगन्जमा अर्को दर अनि बिहान एउटा दर र बेलुकी अर्को दर हुने त्यो अस्थिर समय थियो। त्यस्तो अस्थिरतालाई हटाएर देशकै मुद्रा स्थिर ढङ्गले चलाउने मूल उद्देश्य बोकेको राष्ट्र ब्याङ्कले २०१७ सालमा आएर त्यसो गर्न सकेको हो। त्यस कारण पनि भारुसँगको स्थिर विनिमय प्रणालीलाई वर्षौँदेखि कायम राखिएको हो।

    यो पनि पढ्नुहोस् जङ्गबहादुर राणाको तलब थियो होला ?

     
  • २०१८ बैशाख १ गते नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरियो, यस अघि तराई का जिल्लालाई जिल्ला र पहाडका जिल्लालाई तहसिल भनिन्थ्यो ।
     
  • २०१९ साल बैशाख १ गते नेपालको पुर्व पश्चिम राजमार्गको नवलपरासीको गैँडाकोटमा शिल्यान्यास गरियो । काँकडभिट्टादेखी वनबासा जोड्ने यस राजमार्गको शिलान्यास राजा महेन्द्रले गरेका थिए ।
     
  • २०३४ बैशाख १ गते नेपाललाई विफर रोग उन्मुलन देश घोषणा गरियो ।
     
  • २०४५ बैशाख १ गते राणाकालदेखी दिनको १२ बजे तोप पड्काउने चलनको अन्त्य गरियो ।

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर