पढ्न लाग्ने समय : 6 मिनेट
नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन चिनियाँ सम्राटको हातबाट चिनिँया जातको चियाको बीउ उपहार पाएका थिए । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको मानिन्छ । त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो । थापाले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ ।
तर, जहाँनिया राणाशासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन् । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो ।
वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप वि.सं. २०१६सालमा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो ।यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।
वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो ।चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो ।
चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
नेपालमा हरेक बैशाख १५ गते चिया दिवस मनाइन्छ भने कफि दिवस चाँही हरेक मंसिर १ गते ।
यो पनि पढ्नुहोस् हराउँदै 'कोल'
तस्विरमा: जंगबहादुरका ज्वाइँ-छोरी - कर्णेल गजराज सिंह थापा क्षेत्री र साथमा उनकी पत्नी महाराजकुमारी बदन कुमारी (जंगबहादुरको पहिलो सन्तान र जेठी छोरी) । कर्णेल थापा पूर्वी क्षेत्रको गभर्नर जनरल थिए । भनिन्छ, जंगबहादुरले उनलाई बिर्तामा एउटा पुरै जिल्ला दिएर सम्मानित गरेका थिए ।
☕ चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला = झापा
☕ क्षेत्रफलका हिसाबले चियाखेती गरिएका प्रमुख जिल्ला = झापा, इलाम, पाँचथर
☕ धेरै किसान चिया खेतीमा संलग्न भएको जिल्ला = इलाम
☕ सबैभन्दा बढी चिया बगान भएको जिल्ला = इलाम
☕ नेपालमा हाल व्यावसायिक चिया खेती गरिएका जिल्ला = १४ (प्रदेश १ का १०, बागमती प्रदेशका ४ जिल्ला)
☕ नेपालमा चिया खेती सुरू भएको मिति = वि. सं. १९२०
☕ नेपालमा चिया खेती सुरूवात भएको जिल्ला= इलाम
☕ चियामा पाइने तत्व= टेनिन
☕ चिया विकास निगमको स्थापना = वि. सं. २०३३
☕ नेपालमा चिया दिवस = बैशाख १५
☕ नेपालमा चिया रोप्ने पहिलो व्यक्ति = गजराज सिंह थापा (जंगबहादुर राणाका ज्वाँई)
☕ विश्वको पहिलो नगदे बाली = चिया
☕ नेपालको पहिलो टि स्टेट = बुधकरण टि टेस्ट ( वि.सं. २०१६ मा स्थापना)
☕ नेपालमा प्रथम पटक चिया गणना = वि. सं. २०७५ माघ २५
☕ चिया क्षेत्र घोषणा भएका ५ जिल्ला = पाँचथर, इलाम,तेह्रथुम ,धनकुटा ,झापा
☕ चिया क्षेत्र घोषणा गर्ने राजा = राजा वीरेन्द्र
☕ चिया क्षेत्र घोषणा भएको मिति= वि.सं. २०३९
☕ कालो चिया र दानादार चिया भनेर चिनिने चिया= सीटीसी
☕ नेपालमा सबैभन्दा बढी उत्पादन हुने चिया = सीटीसी
☕ हिमाली क्षेत्रमा पाईने चिया = अर्थोडक्स
☕ तराई क्षेत्रमा पाईने चिया = सीटीसी
☕ विश्वमा सबैभन्दा बढी चिया उत्पादन गर्ने देश = चीन
सन्दर्भ सामाग्री
गाैरव लुइँटेल
मदन पुरस्कार लाइब्रेरी
विभिन्न अनलाइनहरू
सुवोध राणा