पढ्न लाग्ने समय : 2 मिनेट
विक्रम संवत् को पात्रो अनुसार हरेक बैशाख १ गते नयाँ वर्ष प्रारम्भ हुने गर्दछ । हरेक देश र समाजको जातीय परम्परा एवं मान्यताअनुसार नयाँ वर्ष मनाउने समय र तरीका भिन्दभिन्दै भए अनुसार हाम्रो देशमा बिहान सबेरै उठी तीर्थस्थल वा जलाशयमा गएर नुहाई–धुवाई गरी विभिन्न देवस्थल वा शक्ति पीठको दर्शन पूजन गरी चराचर जगतको मंगल कामना गर्दै नयाँ वर्ष मनाइएको पाइन्छ । यस दिन भक्तपुरमा लाग्ने बिस्काः / बिस्केट जात्रा र काठमाडौँको टोखास्थित सपनतीर्थमा लाग्ने मेला महत्वपूर्ण मानिन्छन् ।
काठमाण्डाै उपत्यकाको प्राचीन शहर भक्तपुरमा यसपटक पनि लिच्छवीकालिन प्रख्यात बिस्काः / बिस्केट जात्रा मनाइदैँछ। आठ रात, नौ दिनसम्म मनाइने सो जात्रा सांस्कृतिक, धार्मिक तथा सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ। भैरवनाथको रथ तानेर शुरू हुने बिस्केट जात्रा अवधिभर अनेक देवदेवीका जात्राहरू पनि हुने भएकाले त्यसलाई 'जात्राभित्रको जात्रा' भन्ने गरेको संस्कृतिविद्हरू बताउँछन्। हेराैं बिस्काः / बिस्केट जात्राका केही पुराना तस्वीरहरूः
यो पनि पढ्नुहोस् नयाँ वर्ष वि.संं २०१३ को उपलक्ष्यमा राजा महेन्द्रको सम्बोधन (भिडियो सहित)