प्रधानमन्त्री मरिचमान सिंह जो राजनीतिबाट अलग बसे तर देश बेचेनन्  

पढ्न लाग्ने समय : 4 मिनेट

सल्यानको खलङ्गा बजारमा जन्मिएका मरिचमान सिंह श्रेष्ठ आफ्नो राजनीतिक कालमा हार्डलाइनर पञ्चको रुपमा चिनिन्थे। उनी सन् १९८६ देखि १९९० सम्म झण्डै चार वर्ष नेपालका प्रधानमन्त्री बने। सिंहको प्रधानमन्त्री कालमा देशले लामो भारतीय नाकाबन्दी खेप्नु पर्यो । जुन आज पनि चर्चा गरिन्छ । भारत नेपाललाई झुकाएर आफ्नो इसारामा नचाउन खोज्ने, तत्कालीन प्रभानमन्त्री मरिचमान र दरबार भारतका सामु नझुक्ने भएका कारण नेपालको तत्कालीन सरकारलाई अप्ठ्यारोमा पार्नका लागि भारतले आर्थिक नाकाबन्दी लगायो । भारतको नाकाबन्दीका विरुद्धमा निडर प्रधानमन्त्री सिंह झुकेनन् बरु सत्ताच्यूत गरिए ।

भारतका सामु मरिचमान नझुक्दा उनको राजनीतिक यात्रा त असहज भयो तर उनको देशभक्ति झनझन् जनमानसका अगाडि आयो । नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई अझ माथि उठाइदिएको छ । 

२०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दी समक्ष नझुकेका र भारतले पठाएका गोप्य दस्तावेजमा अपारदर्शी रुपले हस्ताक्षर गर्न नमानेका कारण उनको राजनीतिक जीवनलाई समाप्त पार्ने काम गरियो । त्यसबेला मरिचमानले लिएको राष्ट्रिय अडान नेपाली राष्ट्रवादको मानक हुन सक्छ । उनले राष्ट्रिय स्वाभिमान जोगाउन खेलेको भूमिको चर्को मूल्य तिर्नुपर्यो । उनलाई अपमान गर्न मुलुकका  दलहरु र भारत कम्मर कसेर लागे ।

०६२ –०६३ को राजनीतिक परिवर्तन पछि मरिचमानलाई अपहेलना गर्न जति  तरिका निकालियो त्यति नै तरिका  भारतलाई खुशी पार्न निकालियो । कुनै राजनीतिक र सामाजिक हैसियत नभएका रामराजा सिंहलाई राजकीय सम्मान दिनु भारतलाई खुशी पार्न दलहरुले गरेको अन्तिम चाकडी थियो ।
मरिचमानलाई सिंगो देशले अपमान गर्नु पर्ने कुनै कारण थिएनन् । भारतका कट्टर विरोधी मरिचमानलाई अस्तित्वविहीन पार्दा भारत खुसी हुने भ्रममा थिए,  नेपालका दलहरु  । उनका पंचायतकालीन साथीहरु कुनै न कुनै दलको पुच्छर समातेर भारतको दलाली गर्न लागे तर मरिचमान बरु एक्लिए भारतको गुलामी गरेनन् ।

मरिचमानलाई जीवनभर त अपमान गरियो गरियो मरेपछि पनि उनको राष्ट्रवादी छविसंग डराउनेहरुले अपमान गर्न छोडेनन् । पूर्वप्रधामन्त्रीले पाउने सेवासुविधा खोसिएका मरिचमानको अन्तिम श्रद्धाञ्जलीमा राजकीय सम्मान नदिएर भारतलाई खुशी पार्ने अर्को मौका छोपे दलहरुले । मरिचमानको अपमान नेपालका दलहरुको् हैसियतले मात्र भएको छैन् । दिल्ली अर्थात ‘र’ को आदेशमा उनको अपमान भएको थियो । भारतसंग राष्ट्रियताको टकराव गर्नेहरुको अवस्था यस्तै हुन्छ  भन्ने सन्देश दिनका लागि मरिचमानमाथि भारत लागिपर्यो ।

मरिचमान अहिले हाम्रा माझ छैनन् तर उनको राष्ट्रवाद झनझन् खोजिन थालिएको छ । मरिचमान राष्ट्रप्रति कति संवेदनशील थिए भारतीय नाकाबन्दीको प्रति उनी रत्तिभर अत्तालिएका थिएनन् भन्ने अनेक दृष्टान्तहरु त्यो समयलाई भोग्नेहरुसंग छन् ।

मरिचमान सिंह जनजाति नेवार समुदायबाट पहिलो प्रधानमन्त्री बन्न पुगे । उनलाई राजनीति गर्न त्यति सजिलो थिएन । हकि, निडर उनी बरु राजनीतिबाट अलग्ग बसे तर देश बेचेनन् । 

यो पनि पढ्नुहोस् नेवार भएर किन संस्कृत पढेको ?

नाकाबन्दीको जड

वि.सं २०४५ ताका मित्रराष्ट्र भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । उक्त समय नेपालले चीनसँग केही एन्टी एयरक्राफ्ट गन किन्न चाहेको थियो। तर भारतलाई यो मन पर्ने कुरै भएन। तैपनि किन्ने निर्णय भयो। अनि लगाइयो पारवाहन सन्धि नवीकरण नभएको नाममा नाकाबन्दी। भारतले भर्खरै भुटानमा त्यहाँका नेताले चिनियाँ नेताहरुलाई भेटेपछि चुनावको मुखमा पेट्रोलियम पदार्थमा अनुदान कटौति गरेर विपक्षी नेताले चुनाव जितेपछि अनुदान फेरि लागू गरेको घटनालाई रिफरेन्सका रुपमा हेर्न सकिन्छ। पारवहन सन्धि जनआन्दोलनपछि बहुदलवादीहरुको सरकार बनेलगत्तै भएको थियो।

 

सन्दर्भ सामाग्री

इमेजखबर
माइसंसार
मैले देखेको दरबार, विवेककुमार शाह
मदन पुरस्कार पुस्तकालय
The Challenge to Democracy in Nepal: A Political History,
T. Louise Brown The Democratic Transition in Nepal, Ramjee P. Parajulee

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल