पढ्न लाग्ने समय : 1 मिनेट
विक्रम संवत् २०११ साल बैशाख १ गते गठन भएको सल्लाहकार सभाका सदस्य लक्ष्मीप्रसाद देवकोटा सभाको बैठकमा विशुद्ध नेपाली भएर पुगेका थिए, त्यो बेला तराईबासी सदस्यहरूले सभामा हिन्दी भाषामा भाषण गर्न थाले । सभामा राष्ट्रभाषामा बोल्नुपर्छ भन्ने आवाजका विपरित तराईबाट प्रतिनिधित्व गर्ने सदस्यले सल्लाहकार सभा बहिष्कार गरे । दुईदिन पछि सभा पुनः सञ्चालन भयो तर तराईबाट प्रतिनिधित्व गर्ने सदस्यको बहिष्कार जारी भएपछि देवकोटालाई झोंक चलेछ अनि उनले सदनमा अंग्रेजी भाषामा भाषण गर्न थाले ।
अध्यक्षको रूलिङमा देवकोटाले प्रतिउत्यूर दिएका थिए ''हिन्दी यस देशको अर्ध राष्ट्रभाषामा सदनमा बोल्न छुट पाइन्छ भने अन्तराष्ट्रिय भाषाको रूपमा मान्यता प्राप्त अंग्रेजी किन बोल्न नपाइने ? हिन्दीलाई राष्ट्रभाषा भन्ने मुलुकका समस्त कारोबार अंग्रेजीमा हुन्छन, संयुक्त राष्ट्रसंघमा अंग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अंग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो ? हामी अधिकांश हिन्दी बुझ्दैनाैं तर एक दुई जना छाडे यहाँ अंग्रेजी भाषा नजान्ने सदस्य म कोही देख्दिन्ँ ।" देवकोटाको यो कुरालाई एकपछि अर्को गर्दै सबैको समर्थन प्राप्त भएपछि तराईका सदस्यहरूले जवाफ दिने ठाउँ भएन्। पछि देवकोटाले दुःखी हुँदै भने "मुलुकमा प्रजातन्त्र आओस् भन्ने व्यक्ति म पनि थिएँ, तर प्रजातन्त्रले मेरो भाषामा नै छुरी हान्छ भन्ने मलाई के थाहा । "
सन्दर्भ सामाग्री
नरेन्द्रराज प्रसाई
देवकोटाको जीवनशैली
मदन पुरस्कार पुस्तकालय