गोरखापत्रमा छापिएको पहिलो फोटो

पढ्न लाग्ने समय : 2 मिनेट

अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९४ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३ साल साउन १८ गते सोमबार छापिएको थियो ।



सर्वसाधारणको तस्बिर छापिएकोले राष्ट्रिय फोटो पत्रकार समूहको सक्रियतामा झण्डै दुई दशकदेखि हरेक वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदै आएको छ । वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा कपासको गुणका बारेमा एउटा आलेख छापिएको थियो । विविध विषयको ठिक मुनि “श्री चन्द्र कामधेनु चर्खा प्रचारका खेति विभागद्वारा प्रकाशित कपास खेतिको साधारण सूचना” भनी छापिएको थियो । त्यसको मुनि महिलाले चर्खाबाट धागो कातिरहेको तस्बिर छापिएको थियो र तस्बिरको मुनी “आफ्ना कपाशका बगैचामा ‘श्रीचन्द्र कामधेनुचर्खा’ द्वारा धागो काती रहेकी, वर्ष १२ को, वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठनी” भनी तस्बिरको विवरण (क्याप्सन) छापिएको थियो ।

यो पनि पढ्नुहोस् गोरखापत्र प्रकाशित भएको १२० वर्ष !

नेपाली अखबारमा सबैभन्दा पहिले कुन तस्बिर प्रकाशित गरिएको थियो भन्ने बारेमा फोटो पत्रकार समूहले अध्ययनको जिम्मा स्वतन्त्र फोटो पत्रकार उषा तितिक्षुलाई दिएको थियो । अध्ययनपछि पहिलो तस्बिर गोरखापत्रमा प्रकाशित भएको र ‘फोटो क्याप्सन’ भएकै कारण १९८४ सालमा प्रकाशित तस्बिरलाई नै समाचारमूलक पहिलो तस्बिर भएको ठहर्यारिएको थियो । समूहले उहाँको निष्कर्षका आधारमा हरेक वैशाख १३ लाई फोटो पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो ।

सन्दर्भ सामाग्री

गोरखापत्र
विकिपिडिया

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर