पढ्न लाग्ने समय : 1 मिनेट
हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन काठमाडौंको बालाजुस्थित बाईसधारामा विशेष मेला लाग्ने गर्दछ जहाँ हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु पुग्ने गरेका छन् । बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाईसधारा पुग्नेगर्दछन् ।
मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन् । चैत शुक्ल पूणिर्मामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।
तस्बिरहरू, वि.संं २०१८ सालको बालाजु २२ धारा मेला ।
सन्दर्भ सामाग्री
हिराकाजी