अस्ताए पर लैजाउ फूलहरुका गायक

पढ्न लाग्ने समय : 2 मिनेट

सिन्धुपाल्चोक जिल्लाको मुकाम चौतारामा वि.संं १९९४ असार कृष्णपक्षका दिन जन्मिएका नेपाली संगीत आकाशका नक्षत्र प्रेमध्वज प्रधान स्नायुसम्बन्धी उपचारका क्रममा बैशाख २३ गते दिवंगत भएका छन् । उनका बुबा काठमाण्डौं बसेर व्यापार व्यवसाय गर्ने भएका कारण प्रधान सानै उमेरमा काठमाडौँ आए । काठमाण्डाैमा उनका बाबुको मुकाम थियो बाङ्गेमुढा, नघलटोल ।



रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका प्रेमध्वजको घरमा साङ्गितिक माहोल थियो। उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्दथे। उनको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरू भइरहन्थ्यो। यसैको प्रभावले विस्तारै उनी पनि सङ्गीतप्रति रूची राख्न थाले। आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आजपनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

वि.सं. २००२ सालदेखि विश्व निकेतन मा.वि.बाट औपचारिक शिक्षाको शुरुवात गरेका उनलाई यसै विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नै नाम प्रेम राखेर प्रेमध्वज बनाइदिए ।  खासमा उनी गणेशध्वज नामले बोलाइन्थे, चिनिन्थे ।



विभिन्न नेपाली चलचित्रहरु लगायत लोकगीत र भजनहरुमा स्वर दिएका प्रधानले ७०० वटा भन्दा बढी गीतहरु गाएका छन्। वि.संं २०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा प्रथम भएका उनी २०४४ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि-शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनकरणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्ड आदीबाट सम्मानित भएका थिए ।  उनका घुम्तीमा नआउ है, तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको लगायत दर्जनाैं गीतहरू सदियाैंसम्म नेपाली संगीत आकाशमा गुन्जिइरहनेछन् । 

दिवंगत प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जली । 

सन्दर्भ सामाग्री
विकिपिडिया
काठमाण्डाैक्रेज 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  8. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो