बहुमुखी प्रतिभाका सगरमाथा सत्यमोहन जोशी १०२ औं वर्षमा

पढ्न लाग्ने समय : 3 मिनेट

नेपाली कला संस्कृति, भाषा साहित्य, इतिहास लगायत अनेकौं विधामा आफ्नो कलन चलाएर वाङमय शताब्दी पुरुषको उपमा पाउनु भएका सत्यमोहन जोशीको बिहीबार १०२ औं जन्मदिन मनाउँदै हुनुहुन्छ । 

वि. सं. १९७७ बैशाख ३० मा बखुम्बहाल ललितपुरमा जन्मिनुभएका जोशीले आफ्ना कृतिहरूका लागि ३ वटा मदन पुरस्कार प्राप्त गर्नुभएको छ । ‘लोक संस्कृति’, ‘नेपाल राष्ट्रिय मुद्रा’ र ‘कर्णाली लोक संस्कृति’ कृतिका लागि जोशीले क्रमशः वि.सं. २०१३, ०१७ र ०२८ सालमा मदन पुरस्कार पाउनुभएको हो । हालसम्म तीनपटक मदन पुरस्कार पाउने जोशी एक्लो स्रष्टा हुनुहुन्छ । 


 

वि. सं. २०१५ मा केवल ३८ वर्षको उमेरमा जोशी पुरातत्व विभागको पहिलो निर्देशक बन्नुभएको थियो । 

नेवारी परिवारमा जन्मिनुभएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जान्नुभएको थिएन् । अझै पनि उहाँलाई नेपाली भाषाभन्दा नेपाल भाषा बोल्न सजिलो लाग्छ । तैपनि उहाँ नेपाली भाषाको खोज गर्नुलाई जीवनकै महत्वपूर्ण समय मान्नुहुन्छ ।

उसो त कलाकार अरनिकोका विषयमा आम नेपालीलाई जानकारी दिने पहिलो व्यक्ति सत्यमोहन जोशी नै हुनुहुन्थ्यो। नेपाली कलाकार चीनमा पुगेर ठूलो काम गरेको कुरा मात्र सुन्नुभएका सत्यमोहन जोशीले चीनमा बस्दा अरनिकोले बनाएका सम्पूर्ण सम्पदाको अध्ययन अनुसन्धान गरेर ‘कलाकार अरनिको’ पुस्तक सार्वजनिक गर्नुभयो ।

त्यसैगरी सत्यमोहनकै पहलमा लिच्छविकालीन राजा मानदेवका धेरै कुरा बाहिर ल्याइए । उहाँले लेखेको पुस्तककै आधारमा नेपाली इतिहासमा राजा मानदेवलाई पहिलो लिखित इतिहास भएको राजाको रुपमा गणना गरिएको थियो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, संवर्द्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उहाँका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाबाट वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्बिर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ। दुई हजार पाँच सयका २५ हजार थान, एक हजारका २५ हजार थान र रु एक सयको १० हजार थान दरको सिक्कामा एकातिर जोशीको तस्बिर छ भने अर्कोतिर सगरमाथाको तस्बिर रहेको छ। त्यस्तै गतसाल जोशीको चित्रांकित हुलाक टिकट पनि जारी गरिएको छ । 
 


 

सन्दर्भ सामाग्री

अनलाइनखबर
विकिपिडिया
सेतोपाटी

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  8. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो