४४ वर्षको उमेरमा प्रहरी महानिरिक्षक बनेका खड्गजीत बरालको निधन

पढ्न लाग्ने समय : 2 मिनेट

पूर्वप्रहरी महानिरीक्षक खड्गजीत बरालको ९३ वर्षको उमेरमा बुधबार (जेठ ५ गते) निधन भएको छ । तत्कालीन नवलपरासी जिल्लाको देवचुलीस्थित चुलीबोझामा वि.सं. १९८५ बैशाख ५ मा जन्मनुभएका बराल प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछी ६ वर्षसम्म बर्मा, इण्डोनेशिया, र फ्रेन्च ईन्डो-चाइना (लाओस, क्याम्बोडिया, भियतनाम) का लागि नेपाली राजदूत हुनुभएको थियो । बर्माका लागि नेपाली राजदूतबाट निवृत्त भएपछि उहाँ नेपालको सांसदमा मनोनित हुनुभयो  र पछि युनाइटेड नेसन्स् ट्रान्जिसनल् अथरिटी इन् क्याम्बोडिया (उन्टाक्-UNTAC) का प्रमूख सम्पर्क अधिकृत हुनुभयो ।

बराल लोकसेवा आयोगबाट नेपालको तत्कालीन सरकारमा प्रहरी महानिरीक्षकको लागि सिफारिस हुने प्रथम स्नातकोत्तर उतीर्ण प्रहरी अधिकृत हुनका साथै ४४ वर्षको कनिष्ठ उमेरमा प्रहरी महानिरीक्षक हुने प्रथम व्यक्ति हुनुहुन्थ्यो । आफ्ना पूर्ववर्ती स्वर्गीय आईजीपी रोम बहादुर थापाका साथै उहाँले ६ वर्षका लागि प्रहरी प्रमुख भई सबैभन्दा बढी समयको लागि प्रहरी प्रमुखको जिम्मेवारी वहन गर्नुभएको थियो । आफ्नो कार्यकालमा प्रहरीमा गाँस (रासन), बास (ब्यारेक) र कपास (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउन सफल हुनुभएका बराललाई नेपाल प्रहरीको इतिहासमा सबैभन्दा दूरदर्शी र प्रभावशाली प्रहरी महानिरीक्षक मानिन्छ ।

बर्माका लागि नेपाली राजदूत रहँदा बर्माका नेपालीहरूलाई बर्मिज नागरिकता प्रदान गर्नका साथै त्यहाँ पशुपतिनाथ मन्दिर निर्माण गर्नुभएको थियो । बरालकै अगुवाइमा बर्मामा 'भानु जयन्ती' मनाउने परम्पराको सुरूवात गरियो। नेपाल हकी सङ्घको संस्थापक अध्यक्ष र नेपाल जुडो सङ्घको अध्यक्ष भई हकी र जुडोलाई नेपालमा आयात गरी दुवैलाई राष्ट्रव्यापी खेलका रूपमा परिचित गराउने श्रेय बराललाई नै जान्छ ।

दिवंगत बरालप्रति हार्दिक श्रद्धाञ्जली । 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  8. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो