सबै

  1. धर्मभक्त माथेमा, नेपालको पहिलो व्यवसायिक शारिरीक सुगठनका खेलाडी
  2. ‘ग्लोबल इम्पेरर’ अर्थात सिद्धिविक्रम शाह
  3. हिन्दी भाषामा भाषण गर्न खोज्नेलाई महाकवि देवकोटाको जवाफ
  4. डाक्टर के.आइ. सिंह अर्थात सन्की प्रधानमन्त्री !
  5. 'नेपाल मेरो दोश्रो घर हो' नेत्रृ सुकी
  6. "जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ, खाली खुट्टा दाैडँदा साताैं भएँ"
  7. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  8. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  9. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  10. श्रीस्वस्थानी व्रतः १०८ नैवेद्य चढाउनुपर्ने व्रत
२ बलमा खेल जित्ने विश्वको एकमात्र क्रिकेट टोली, 'नेपाल'

पढ्न लाग्ने समय : 3 मिनेट

अगस्ट २०, २००६ का दिन नेपाल क्रिकेट टिमले मलेसियामा भएको एसीसी ट्रफी अन्तर्गत एउटा अविश्वसनीय नजिता त्मसाथ गर्दै विश्व किर्तीमान कायम गर्यो । समुह 'सी' अन्तर्गत आफ्नो चाैथो खेलमा म्यान्मार विरूद्ध पहिले बलिङ गरेको नेपालले १२.१ ओभरको अवस्थामा १० रनमा बर्मेली टोलीलाई अलआउट गर्यो । खेलका नायक रहे "म्यान अफ द म्याच' मेहबुब आलम । ६.१ ओभर बलिङ गर्दै ७ रन दिएका आलमले ७ विकेट चट्काए । बाँकी ३ विकेट कप्तान विनोद दासले आफ्नो खातामा लेखाए । बर्मा विरूद्ध यी दुई  बलरले ५ रन अतिरिक्त दिए भने पाँच जना बर्मेली ब्याट्सम्यानले समान १-१ रन बनाए ।  

जवाफमा नेपालले ११ रनको विजय लक्ष्य २ बलमै पुरा गर्यो । बलिङमा थिए 
ए मीन थान जसले खेलको पहिलो ओभरको पहिलो बलमा विकेट किपर ब्याट्सम्यान महेश क्षेत्रीले सहजै ३ रन लिन भ्याए । दोश्रो बलमा धीरेन्द्र चन्दले पनि ३ रन लिन भ्याए । ५० ओभरको खेलमा नेपालले २ बल ब्याटिङ गरि ६ रन बनाइसकेको थियो नेपालका लागि जितका लागि चाहिन्थ्यो ५ रन । त्यसपछि बर्मेली बलरले लगातर ५ अतिरिक्त रन दिए । अन्ततः नेपालले खेल जित्यो १० विकेटले अझ रोचक कुरा मात्र २ वैध बलको सामना गर्दै । म्यान्मारले बनाएको १० रन हालसम्म विश्वमै पुरूष टोलीले बनाएको सबैभन्दा कम स्कोर हो । नेपालले चाँही बनायो सबैभन्दा छिटो लक्ष्य भेट्ने टोलीको किर्तीमान ।

प्रतियोगितामा कुल १७ टोली सहभागी थिए, किर्तिमानी जित सहित नेपालले समुहका सबै खेल जित्दै अन्तिम दोश्रो चरणमा स्थान सुरक्षित बनायो । समुह चरणमा नेपालले पहिलो खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्यो भने दोश्रो खेलमा भुटान विरूद्ध २८१ रनको प्रभावशाली जित निकाल्दा तेश्रो खेलमा हङकङलाई ८७ रनले पराजित गर्यो भने अन्तिम खेलमा म्यान्मार १० विकेटले पराजित भयो । 

दोश्रो चरणमा नेपालले बहराइनलाई २५ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो । फाइनलमा स्थान सुरक्षित गर्न यूएइ विरूद्ध मैदान उत्रिएको नेपाली क्रिकेट टिम ३७ ओभरसम्म मैदानमा टिक्दा जम्मा १०३ रन बनाउन सक्यो जसमा शरद भेषवाकरले सर्वाधिक २६ रन बनाएका थिए । उक्त खेल यूएइले ९ विकेटले जित्यो भने फाइनलमा हङकङ ५ विकेटले पराजित भयो । तेश्रो स्थानका लागि भएको खेलमा अफगानिस्तानले नेपाललाई  ६४ रनले पराजित गर्यो । 

नेपाली टोलीमा थिए आकाश गुप्ता, बसन्त रेग्मी, बिनोद दास, शक्ति गैाचन, मनोश वैश्य, परेश लोहनी, धीरेन्द्र चन्द, राज प्रधान, शरद भेषवाकर, ज्ञानेन्द्र मल्ल, पारस खड्का, राजु बस्न्यात, शक्ति गाैचन र मेहबुब आलम । कोच थिए श्रीलंकाका रोय लुक डायस अनि फिजिओ जंग बहादुर मगर त्यस्तै व्यवस्थापकमा थिए ठाकुर प्रताप थापा । 

सन्दर्भ सामाग्री

एशियन क्रिकेट डट ओआरर्जी
विभिन्न अनलाइनहरू

 

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. जंग बहादुरले जीवनभर दाँया खुट्टाको जुत्ता बायाँको भन्दा एक नम्बर ठुलो लगाउन पर्यो
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
  10. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर