मार्च २२, विश्व पानी दिवस

पढ्न लाग्ने समय : 9 मिनेट

गलो लाग्दा देखि हलो लगाउँदासम्म पानी अपरिहार्य छ । पानी छैन् त जिन्दगानी नै छैन् । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्च २२ तारिखका दिन संसारभर पानी दिवस मनाउने गरिन्छ ।

विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनुपर्नेमा जोड दिँदै राष्ट्रसंघीय वातावरण तथा विकास महासभाले सन् १९९२ को मार्च २२ तारिख दिन विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो ।


नेपालमा कम्तीमा ६ हजार खोलानालाहरु रहेको अनुमान गरिन्छ । जसबाट सदियौँ देखी अटुट रुपमा पानी बगिरहेको छ । तर यसको उपयोगिता सन्तोषजनक पटक्कै छैन् ।


विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका १ अर्ब ८० करोड मानिस फोहोर पानी त्यसमा पनि दिसाको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाइका कारण हरेक वर्ष करिब ८ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य संगठनले जनाएको छ । तीव्र जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ ।

सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिले नै करिब १ अर्ब ८० करोड मानिस मरुभूमीकरणको जोखिममा रहेको अवस्थामा आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । राजनीतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने बताएका छन् । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भए पनि त्यसको करिब तीन प्रतिशत मात्र खास प्रयोगमा आउन सक्छ ।

समुद्रमा रहेको ९७ प्रतिशत पानीलाई पिउनयोग्य बनाउन ठूलो लगानीको जरुरत पर्दछ । शुद्ध मानिएको पानीको ३० प्रतिशत भूमिगत रहेको छ, जसलाई उपयोगमा ल्याउन ऊर्जाको जरुरत पर्दछ । अहिले प्रयोगमा ल्याइएको पानीमध्ये सिँचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि एक प्रतिशत मात्रै भएको पाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार आधारभूत आवश्यकताहरू पूर्ति गरी स्वस्थ रहनका लागि प्रत्येक व्यक्तिलाई दैनिक ५० देखि १०० लिटर पानी आवश्यक पर्छ। पिउने, खाना पकाउने, सरसफाइ गर्ने आदि काममा त्यति पानी आवश्यक पर्छ। तर नेपालको व्यथा अर्कै छ। पहाडदेखि तराईसम्म धेरै स्थानमा मानिसहरू पानीको अभाव झेल्न बाध्य छन्। नेपालको खास गरी पश्चिमी भेगका गाउँ तथा सहरमा पिउने पानीको सङ्कट छ। वैशाख २०७२ का प्रलयकारी भुकम्पका कारण उक्त भुकम्पको प्रभावित क्षेत्रका कैंयन मुहानहरू सुक्दा नेपालमा पानीको अभाव झन् बढेको छ । 

नेपालका १० मध्ये ९ जना ग्रामीण इलाकामा बसोबास गर्दछन् र तिमध्ये अधिकांश शुद्ध पिउनेपानीको अभावमा रुमल्लिरहेका छन् । पानीको माग बढेपश्चात वितरण समेत बढाउनु पर्ने चुनौती पढ्दो क्रममा रहेको छ । विश्वका गरिब मुलुकको सुचीमा समावेश नेपाल विश्वमा जलस्रोतमा धनि मानिन्छ, जलसम्पदाको आधारमा नेपाल संसारमै दोश्रो धनी मुलुकका रुपमा रहेको छ । नेपालमा कम्तीमा ६ हजार खोलानालाहरु रहेको अनुमान गरिन्छ । जसबाट सदियौँ देखी अटुट रुपमा पानी बगिरहेको छ । तर यसको उपयोगिता सन्तोषजनक पटक्कै छैन् । कारण कमजोर आर्थिक अवस्था, प्रविधिको अभाव, अस्थिर राजनीति र अन्य विविध समस्या । फलस्वरुप आज पनि नेपालमा खानेपानी तथा सरसफाई प्रमुख मुद्दाको रुपमा लिने गरिन्छ । खानेपानीको अभाव देशव्यापी  समस्या हो, विभिन्न कारण माग अनुसारको आपुर्ती हुन सकिरहेको छैन् । 

शुद्ध खानेपानीको वितरण व्यवस्था गरी पानीजन्य रोगको नियन्त्रण गर्न तथा सो बाट हुने ठूलो धनराशीको व्ययभार कम गर्न सरकारी तथा नीजि क्षेत्रले खानेपानी आयोजनाहरुको विकासका कार्यमा ठुलो रकम लगानी गरिरहेका छन् । 

यद्यपी नेपालमा अझैपनि कैयन बस्तीहरुमा मात्र हैन मुख्य मुख्य शहरहरुमा समेत पिउनेपानीको अभाव चरम रुपमा बढिरहेको छ । राजधानी काठमाण्डौ होस् वा सुदुर पश्चिमका विकट गाउँ खानेपानीको अभाव उहि रहेको छ । 

हामी कहाँ पानीका श्रोतहरु असंख्य भएतापनि सहज रुपमा व्यवस्थित रुपमा पिउनेपानी उपलब्ध हुन सकेको छैन्, फलतः आजको दिनसम्म पनि विभिन्न देशी तथा विदेशी निगोगहरुले नेपालका गाँउ तथा शहरमा खानेपानीको सहज व्यवस्थापनका लागि वर्षेनी अरबौँ रकम परिचालन गरिरहेका छन् तथापी खानेपानीको समस्या नेपालका गाँउ शहरमा दिनहुँ बढिरहेको छ । 



नेपालमा खानेपानीको संक्षिप्त इतिहास

विगतमा मानिसहरु खानेपानी सोझै स्रोतबाट प्रयोग गर्दथे । नदी, मूल, ताल, पोखरी खोला आदीको पानी प्रयोग गर्दथे । एक गाग्री पानी लिन धेरै लामो यात्रा गर्नु पर्दथ्यो यी पानी पनि प्रदुषित र संक्रमित हुन्थो । यिनै पानी पिउनाले शिशु, बच्चा, वृद्धिदर र वयस्कहरु समेत आँउ, हैजा, अति ज्वरो आदिको शिकार हुन्थे । अझै पनि अति पिछडिएका दुर दराज ग्रामिण वस्तीहरुमा बसोबास गर्ने मानिसहरु यस समस्याबाट मुक्त भएका छैनन् ।

नेपालमा धाराबाट खानेपानीको वितरण गर्न शुरु गरिएको राणा प्रधानमन्त्री वीरशम्शेरको पालादेखि हो । काठमाण्डौ उपत्यकाको उत्तरमा रहेको शिवपुरी क्षेत्रबाट पाइपबाट पानी ल्याई महाराजगञ्जमा जलाशाय निर्माण गरि पानी संकलन गरियो । ‘पानीपोखरी’ को नामबाट सम्बोधन गरिने सोही जलशायबाट काठमाण्डौको विभिन्न ठाउँहरुमा खानेपानी वितरण गरिएको थियो । 

त्यसै गरी राणा प्रधानमन्त्री भीमशम्शेरको पालामा बालाजुको उत्तर पश्चिममा रहेको साँग्ले खोलाबाट पाइपबाट पानी ल्याइ बालाजुमा जलाशाय बनाइ पानी जम्मा पारियो । सोही ठाँउबाट काठमाण्डौका विभिन्न स्थानहरुमा पानी वितरण गरिएको  थियो । 

वि.सं १९६८ मा फर्पिङमा जलविद्युत केन्द्रको निर्माण गरियो । सोही क्रममा बनाईएको जलाशयबाट प्राप्त पानीलाई पिउनको लागि वितरण गरिएको थियो । त्यसैगरी वि.सं २०२२ साल ताका नेपाल सरकारले सुन्दरीजलमा खानेपानी आयोजना सम्पन गरी काठमाण्डौमा खानेपानी वितरण गरेको पाइन्छ । 

नेपालमा खानेपानी वितरणको इतिहासः
नेपालमा खानेपानीको वितरण÷व्यवस्थापन हेर्ने हो भने हामी लिच्छवीकालमा फर्कनु आवश्यक छ, कारण नेपालका कैयन ढुङ्गेधाराहरु जस्तै सुन्धारा, सुकेधारा, कलधारा, आदि अझैपनि पानीका मुख्य श्रोत हुन । राणा प्रधानमन्त्री वीर शमशेर जबराले बनाएको विरधारा पनि निकै चर्चित धारा हो । राणाकालमा नेपालमा विभिन्न धारा तथा पानी अड्डाको स्थापना गरिएका थिए जस्तै कर्म कुमारी धारा (अमलेखगञ्ज), धनकुटा पानी अड्डा, बालनर सिं धारा, धीर धारा। भक्तपुर पानी अड्डा, ललितपुर पानी अड्डा, थीर बम धारा आदी ।




नेपालमा योजनाबद्ध रुपमा विकासको खाका चाँँही सन् १९५६ (वि.स. २०१३) सालको पहिलो पञ्चवर्षीय योजनबाट भएको पाइन्छ । पोखरा, धनगढी, हेटौँडामा खानेपानीका आयोजनाहरु यही बेला सुरु भएका थिए । २०२३  सालमा सिंचाई तथा खानेपानी वितरण विभाग खडा गरिएको थियो । तरपछि २०२९ सालमा यो विभागको संरचना परिमार्जन गरि खानेपानी तथा ढल निकास विभाग र सिँचाइ विभाग बनाइयो । स्थानीय विकास विभागले संयुक्त राष्ट्रसंघीय नियोग यूनिसेफको सहयोगमा ग्रामीण भेगहरुमा साना खानेपानी आयोजनाहरु खानेपानी विभाग तथा नेपाली खानेपानी कर्पाेरेशन अन्तर्गत सञ्चालनमा थियो । सरकारले गैरसरकारी क्षेत्र, नीजि क्षेत्र तथा जनसहभागितालाई आठौँ पञ्चवर्षीय योजनाबाट मात्र परिचालन गर्ने नीति अवलम्बन गर्याे, । चालु १३ औँ त्रिवर्षीय योजनाले खानेपानीको वितरण तथा सरसफाईलाई सरकारी निकाय साथै जनसहभागिता तथा नीजि क्षेत्रले समेत सेवा पुर्याउने लक्ष्य राखेको छ । दशौँ योजनामा कुल जनसंख्याको ८५ प्रतिशत जनतामा शुद्ध पिउनेपानी पुर्याउने लक्ष्य राखेको थियो ।
नेपालमा खानेपानी र सरसफाईको क्षेत्रले आशातीत विकास गर्न नसकेको जनाउँदै २०७२ साल मंसिर महिनामा खानेपानी तथा सरसफाई मन्त्रालयको व्यवस्था गरिएको छ  भने मुलुक संघीयतामा गएपछि प्रादेशिक रूपमा कार्यालयहरू सञ्चालनमा रहेका छन् । 

सन्दर्भ सामाग्री

विभिन्न अनलाइनहरू
नेपालमा खानेपानी, शोधपत्र (त्रि.वि)
डउड हल

धेरै पढिएको

  1. सेतो दरबारमा आगलागीः नेपालमा दमकल भित्रियो, अत्तर फुटेर बग्दा वासनाले तीनै सहर मगमगायो
  2. चन्द्रज्योति विद्युत गृह उद्घाटनका अवसरमा श्री ३ चन्द्रशमशेरले दिएको 'स्पीच'
  3. फाल्गुन २९, दशरथ रंगशालामा ९३ जना खेलप्रेमीले ज्यान गुमाएको दिन
  4. नेपालको पहिलो सिनेमा घर, 'फस्ट सो' हेर्ने सधैं राजा
  5. यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज
  6. नेपालकै पहिलो बिजुली बत्ति बलेको घर
  7. तानाशाह हिटलरले जुद्धशमशेरलाई दिएको ऐतिहासिक मोटर
  8. जङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा २२ माना मसिनो चामल आउँथ्यो।
  9. पिचमा घोडा कुदाउँदा चिप्लिएर लड्ला भनि न्यूरोडको सडक आधा ग्राभ्रेल बनाइयो
  10. स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल